भजन–कीर्तन गर्ने श्रद्धालुका लागि बिरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलद्वारा फाइबर ट्रस्ट निर्माण, डा. श्याम बाबु प्रसाद सम्मानित।

 

बिरगञ्ज। बिरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत बिरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा नियमित रूपमा भजन–कीर्तन गर्ने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि फाइबर ट्रस्ट निर्माण गरेको छ।

पशुपतिनाथ मन्दिर सत्सङ्ग समितिका अध्यक्ष तपसी पासवानको विशेष आग्रहमा निर्माण गरिएको उक्त ट्रस्ट श्रद्धालुहरूलाई घाम, वर्षा तथा अन्य प्रतिकूल मौसमबाट जोगाउँदै सहज रूपमा धार्मिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

पशुपतिनाथ मन्दिर परिसरभित्र रहेको हनुमान मन्दिरअगाडि हरेक शनिबार करिब २५ देखि ३० जना महिला तथा पुरुष श्रद्धालु भक्तजन भेला भएर नियमित रूपमा भजन–कीर्तन गर्ने गर्दछन्। ट्रस्ट निर्माण भएपछि उनीहरूलाई धार्मिक कार्यक्रममा सहभागी हुन थप सहज भएको अध्यक्ष तपसी पासवानले बताएका छन्।

ट्रस्ट निर्माणमा सहयोग पुर्‍याएको भन्दै पशुपतिनाथ मन्दिर सत्सङ्ग समितिले बिरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलका सञ्चालक तथा वरिष्ठ न्युरो सर्जन डा. श्याम बाबु प्रसादलाई दोसल्ला ओढाई सम्मान गरेको थियो।

सम्मान कार्यक्रममा हस्पिटलका प्रशासक सुमन कार्की, बिन्देश्वर यादव तथा सत्सङ्ग समितिका पदाधिकारी एवं स्थानीय श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समितिले हस्पिटलले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यहरू निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित