पर्साको ठोरीमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ, मोटरसाइकलसमेत नियन्त्रणमा

 

हरिकिशोर शर्मा / असार २६ जिराभवानी पर्सा ।

पर्साको ठोरी गाउँपालिका–३ बुद्धनगरस्थित इलाका प्रहरी कार्यालय ठोरीको प्रहरी टोलीले चेकजाँचका क्रममा ४ केजी ४५० ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक मिलनबहादुर विकको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा साइड डिक्कीभित्र रातो प्लास्टिकले बेरेर लुकाइ राखिएको अवस्थामा ४ केजी ४५० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, पश्चिमी चम्पारण जिल्लाका रमेश चौधरीका २२ वर्षीय छोरा रुपेश कुमार रहेका छन्।

पक्राउ परेका रुपेश कुमारलाई बरामद गरिएको गाँजा र प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित