मधुरेन्द्र कुमारलाई अमेरिकाबाट मानार्थ विद्यावारिधि

 

मोतिहारी। भारतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बालुवा (रेत) कलाकार मधुरेन्द्र कुमार लाई अमेरिकाको अमेरिका इन्टरनेशनल युनिभर्सिटी (एआईयू), हलिउड, क्यालिफोर्निया ले बालुवा कलाको क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै मानार्थ विद्यावारिधि (Honorary Doctor of Philosophy–PhD) प्रदान गरेको छ।

विश्वविद्यालयको सिनेटको निर्णयअनुसार प्रदान गरिएको उक्त सम्मान मधुरेन्द्र कुमारले बालुवा कलामार्फत सामाजिक सचेतना अभिवृद्धि, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा भारतीय कलाको पहिचान स्थापित गर्न पुर्‍याएको योगदानको मूल्याङ्कनस्वरूप प्रदान गरिएको हो।

मानार्थ विद्यावारिधि २६ जुन २०२६ मा अमेरिकाको हलिउडस्थित विश्वविद्यालय परिसरमा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो। यस सम्मानसँगै जारी गरिएको प्रमाणपत्रमा विश्वविद्यालयका संस्थापक तथा चान्सलर डा. सांग वोन पार्क र रजिस्ट्रार क्युंग बाई एनको संयुक्त हस्ताक्षर रहेको छ।

यस उपलब्धिले बिहारसहित समग्र भारतको कला क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ उँचो बनाएको भन्दै कला क्षेत्रका व्यक्तित्व, सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूले मधुरेन्द्र कुमारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित