लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीमा नेतृत्व हस्तान्तरण, पिया सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

 

वीरगंज /लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीको वर्ष २०२५–२६ को पद हस्तान्तरण तथा वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम शनिबार वीरगञ्जस्थित होटल मकालुमा भव्य रूपमा सम्पन्न भएको छ।

क्लबका निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट गभर्नर–इलेक्ट (DGE) एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, डिष्ट्रिक्ट एक्जिक्युटिभ को–चिफ तथा लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीका चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवाल, एरिया चिफ लायन रमेश्वर प्रसाद गुप्ता, जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, भारतको रक्सौल लायन्स क्लबका अध्यक्ष लायन बिमल सर्राफ तथा लायन पूनम सर्राफ, गाइडिङ लायन नारोत्तम पाण्डेलगायत विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवालले क्लबले छोटो समयमै सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ता र नवनिर्वाचित अध्यक्ष लायन पिया सिंहबीच क्लबको मिनेट बुक तथा अन्य आवश्यक कागजात हस्तान्तरण गरी औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरिएको थियो।

पदभार ग्रहणपछि अध्यक्ष लायन पिया सिंहले आगामी कार्यकालका लागि क्लबको वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास र मानवीय सेवालाई प्राथमिकतामा राखी प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्लबको सदस्यता विस्तार गर्दै नयाँ ऊर्जावान टोली गठन गरिएको पनि जानकारी दिनुभयो।

नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छः

अध्यक्ष: लायन पिया सिंह

प्रथम उपाध्यक्ष: लायन अंकित चौरसिया

द्वितीय उपाध्यक्ष: लायन प्रभात आनन्द सिंह

तृतीय उपाध्यक्ष: लायन रबिन श्रेष्ठ

सचिव: लायन नेल्सन भण्डारी

सहसचिव: लायन प्रसिद्धि आनन्द सिंह

कोषाध्यक्ष: लायन खुशबू गुप्ता

सदस्यहरू:

लायन श्वेता गुप्ता, लायन कोमल गुप्ता, लायन श्रुति गुप्ता, लायन नवनीता सिंह तथा लायन संजना बरनवाल।

कार्यक्रममा जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल तथा प्रमुख अतिथि डीजीई एमजेएफ लायन राम बिहारी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वले सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

यस अवसरमा नवनिर्वाचित अध्यक्ष लायन पिया सिंहले सफल कार्यकाल सम्पन्न गरेको सम्मानस्वरूप निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्तालाई ‘टोकन अफ लभ’ प्रदान गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ताले सम्पूर्ण अतिथि, लायन सदस्य, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आफ्नो कार्यकालमा प्राप्त साथ, सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमले क्लबमा नेतृत्व हस्तान्तरणसँगै आगामी कार्यकालका लागि नयाँ ऊर्जा, उत्साह र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरिएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित