पकाहा मैनपुर गाउँपालिकाद्वारा ३५ करोड २४ लाखभन्दा बढीको बजेट प्रस्तुत, कृषि–शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

 

हरिकिशोर शर्मा /जिराभवानी पर्सा ।

पर्साको पकाहा मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा अन्तर्गत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ।

आइतबार सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण (बजेट) प्रस्तुत गरेका हुन्।

गाउँपालिका अध्यक्ष सुरेश मेहताले आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, युवा रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको जानकारी दिए। उनले स्थानीय आवश्यकतालाई केन्द्रमा राख्दै समग्र विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको बताए।अ

अध्यक्ष मेहताको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष सर्फुनेशा खातुन, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, वडा अध्यक्षहरू ढेरी प्रसाद यादव, बलिराम चौरसिया, संजय चौहान, मुकुट चौहान, विनोद मेहता तथा कार्यपालिका सदस्य नेकमहम्द मियाँ, रामबहादुर सोनारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी स्थानीय राजनीतिकर्मी, बुद्धिजीवी, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी तथा गाउँपालिकाका कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख दामोदर दुबेदीले गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित