ज्ञान वाटिका माध्यमिक विद्यालयमा मङ्गलबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

 

हरिकिशोर शर्मा / असार २ जिराभवानी पर्सा ।

ठोरी गाउँ पालिका वडा न -५ , सुवर्णपुरमा रहेको ज्ञान वाटिका माध्यमिक विद्यालयमा मङ्गलबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अनतरगतको सुनाखरी उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, दलित, वन्यजन्तुबाट पीडित तथा अभिभावकविहीन विद्यार्थीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा जनही रु. १ हजार ५ सयका दरले छात्रवृत्ति वितरण गरिएको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठोरी गापा अध्यक्ष लाल बहादुरश्रेष्ठले सुनाखरी उपभोक्ता समितिले शिक्षा क्षेत्रमा गरेको प्रयास र कार्यक्रमको प्रशंसा गर्नुभयो। उहाँले पर्सामा सुनाखरीजस्ता पाँच वटा मध्यवर्ती समिति भए पनि नेतृत्वको दृढ इच्छा शक्तिको कारण सुनाखरीले शिक्षा र संरक्षणलाई प्राथमिकतामा राखेको भन्दै अन्य उपभोक्ता समितिले पनि यसबाट सिक्नुपर्ने बताउनुभयो ।

सो सनितिका अध्यक्ष भिम बहादुर पाख्रीनकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य निशा खड्का , विव्यस अध्यक्ष चन्द्र बहादुर नेवार , प्रधानाध्यापक विर्जु चौधरी लगायत पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि , अभिभावक एवम् शिक्षक विद्यार्थीको उपस्थिति थियो ।

सुनाखरी उपभोक्ता समितिले विगतदेखि विद्यालयमा सामाजिक तथा शैक्षिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। समितिको पछिल्लो पहलले आर्थिक रूपमा कमजोर तथा विशेष परिस्थितिका विद्यार्थीलाई राहत पुगेको स्थानीयवासीले बताएका छन् ।यस्तै असारको तेस्रो सातातिर पनि पुन: दोस्रो चरणको छात्रवृत्ति वितरण गरिने र ठोरी -५ , चमरीटोलमा रहेको प्राविका सम्पुर्ण विद्यार्थीलाई हाउस ड्रेस वितरण गरिने पनि समितिले जानकारी दिएको छ ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित