वृजेश्वर चौधरीको सहयोगले पानी निकास सहज

 

वीरगंज।पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ सुहपुर निवासी चन्द्रिका चौधरीले लामो समयदेखि भोग्दै आएको पानी निकासको समस्या समाजसेवी तथा जनप्रिय नेता वृजेश्वर चौधरीको सहयोगपछि समाधान भएको छ।

चौधरीको घरअगाडि जडान गरिएको चापाकलबाट निस्कने पानी उचित निकासको अभावमा वरपर जम्ने गरेको थियो। पानी निकासका लागि आवश्यक पाइपको व्यवस्थापन गरिदिन उनले गाउँपालिकाका विभिन्न जनप्रतिनिधिसँग आग्रह गरे पनि समस्या समाधान हुन सकेको थिएन।

पछि सहयोगको अपेक्षासहित वृजेश्वर चौधरीसमक्ष पुगेका चन्द्रिका चौधरीलाई ८ इन्च बराबरको करिब २० फिट लामो पाइप उपलब्ध गराइएको हो। पाइप प्राप्त गरेपछि उनी निकै खुसी भएको र आफ्नो समस्या समाधानतर्फ अघि बढेको बताएका छन्।

उक्त पाइप जडान भएपछि अब चापाकलबाट निस्कने पानी सही दिशामा निकास हुने भएकाले घर वरपर पानी जम्ने समस्या अन्त्य हुने विश्वास गरिएको छ। यसबाट चौधरी परिवारलाई मात्र नभई आसपासका बासिन्दालाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्याप्रति चासो देखाउँदै आवश्यक सहयोग उपलब्ध गराएकोमा वृजेश्वर चौधरीप्रति आभार व्यक्त गरेका छन्। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जनताका समस्या समाधानमा आफू निरन्तर लागिरहने वृजेश्वर चौधरीले बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित