अमर शहीद लक्ष्मेश्वर साहूको स्मृति दिवस श्रद्धापूर्वक मनाइयो

 

वीरगंज । कानू कल्याण महासभाको प्रधान कार्यालय, ब्रह्मपुरामा अमर शहीद लक्ष्मेश्वर साहूको शहादत दिवस श्रद्धापूर्वक मनाइएको छ।

कार्यक्रममा समाजका सयौं व्यक्तिहरूले शहीद साहूको तैलचित्रमा माल्यार्पण तथा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। सहभागीहरूले उहाँको योगदानको स्मरण गर्दै आ-आफ्ना विचार पनि राखेका थिए।

महासभाका राष्ट्रिय अध्यक्ष मुनेश्वर प्रसाद कानूले आफ्नो सम्बोधनमा कमाण्डो हवल्दार लक्ष्मेश्वर साहूले बिहार सरकारका एक क्याबिनेट मन्त्रीको ज्यान बचाउने क्रममा आफ्नो जीवन बलिदान गरेको उल्लेख गर्दै उहाँको त्याग र समर्पण समाजका लागि प्रेरणाको स्रोत भएको बताए।

कार्यक्रममा समाजका विभिन्न अगुवाहरूको उपस्थिति रहेको थियो। श्रद्धाञ्जली अर्पण गर्नेहरूमा संजीव कानू, रामनिवास प्रसाद कानू, सब-इन्स्पेक्टर नवल किशोर प्रसाद, अधिवक्ता शिवनाथ साह कानू, महासचिव अधिवक्ता अशोक कुमार गुप्ता, सचिव अरुण किरण साहू कानू, सचिव नीरज कुमार तथा संगठन सचिव एवं मिडिया प्रभारी शंकर प्रसाद कानूलगायतका व्यक्तित्वहरू सहभागी थिए।

उपस्थित वक्ताहरूले अमर शहीद लक्ष्मेश्वर साहूको योगदानलाई सदैव स्मरणीय राख्नुपर्नेमा जोड दिएका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित