अन्तर्राष्ट्रिय योग दिवसमा वीरगंज सहित सात स्थानमा योग कार्यक्रम

 

वीरगंज, जेठ २९ — भारतको महावाणिज्य दूतावास, वीरगंजले १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा वीरगंज सहित देशका विभिन्न सात स्थानमा विशेष योग कार्यक्रम आयोजना गर्ने भएको छ। यस वर्ष “स्वस्थ बुढ्यौलीका लागि योग” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो।

दूतावासद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा योगले शारीरिक लचिलोपन, सन्तुलन, शक्ति तथा मानसिक शान्ति अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ। नियमित योग अभ्यासले तनाव, चिन्ता तथा उमेरसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याको व्यवस्थापनमा सहयोग पुर्‍याउँदै स्वस्थ, सक्रिय र आत्मनिर्भर जीवनयापनमा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

दूतावासका अनुसार १३ जुन २०२६ मा पचगावाँ (सखुवा प्रसौनी, पर्सा)बाट सुरु हुने योग कार्यक्रम १६ जुन २०२६ मा भरतपुरस्थित नारायणी नदी किनार,जुन १७ जुन २०२६ हेटौँडाको रोयल पार्टी प्यालेस,१८ जुन २०२६ मा पोखरिया, १९ जुन २०२६ मा जनकपुरधामस्थित जानकी मन्दिर, २० जुन ३०२६ मा २०२६ मा बरियारपुर गढीमाई तथा

 

२१ जुन २०२६ मा वीरगंजको शंकराचार्य गेटमा सम्पन्न हुनेछ।

पचगावाँ, पोखरिया र गढीमाईका कार्यक्रम सम्बन्धित स्थानीय तहको सहकार्यमा आयोजना गरिने जनाइएको छ भने जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा जानकी मन्दिर परिसरमा विशेष योग उत्सव हुने दूतावासले जनाएको छ।

२१ जुन २०२६ बिहान ५ः३० बजे वीरगंजको शंकराचार्य गेटमा आयोजना हुने मुख्य समारोह यस वर्ष दूतावासद्वारा आयोजित सबैभन्दा ठूलो योग कार्यक्रम हुने अपेक्षा गरिएको छ।

दूतावासले सबै कार्यक्रम निःशुल्क तथा सर्वसाधारणका लागि खुला रहेको जानकारी दिँदै सहभागीहरूलाई निर्धारित समयभन्दा अगावै कार्यक्रमस्थलमा उपस्थित हुन आग्रह गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित