सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रण ।

 

हरिकिशोर शर्मा /जेठ २७ जिराभवानी पर्सा

जिल्ला पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रण गरेको छ।

उक्त टोलीले करिब रु.७,४०,०००।– (सात लाख चालिस हजार) बराबरका ७४ कार्टुनमा रहेका ७,४०० गोटा ब्रोइलर कुखुराका चल्लासहित बिन्दबासिनी गाउँपालिका–४, अमरपट्टी निवासी अन्दाजी वर्ष ४२ का उमेश मुखियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको ।

पशु स्वास्थ्य तथा क्वारेन्टाइनसम्बन्धी प्रचलित व्यवस्था बमोजिम नेपाल प्रहरी, स्थानीय सञ्चारकर्मी, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्सामा उक्त चल्लाहरू नष्ट गरिएको छ।

सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलासशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्सा बताएका थिए ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित