सशस्त्र प्रहरी बलद्वारा अन्दाजी ४५ क्यु.फिट सालको काठ बरामद।

 

हरिकिशोर शर्मा /जेठ २४ जिराभवानी पर्सा ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३१ स्थित मिलनचोकको उत्तरतर्फ रहेको फुटबल ग्राउण्ड क्षेत्रबाट सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको गाडी मोबाइल टोली तथा सब-डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त टोलीले अवैध रूपमा जंगलबाट कटान गरी साइकलमा लोड गरेर ल्याउँदै गरेको अन्दाजी ४५ क्यु.फिट सालको गोलिया काठ तथा ५ थान साइकल बरामद गरेको छ।

संयुक्त टोलीलाई देख्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडी फरार भएका थिए। बरामद काठ तथा साइकल आवश्यक कारवाहीका लागि सब-डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ शास्त्र प्रहरी स.प्र.ना.उ. मोहन राज निरौला सशस्त्र प्रहरी बल,नेपाल नं. १३ गण हे.क्वा. पर्सा बताएका छ्न ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित