’
कोलकाता, जेठ १६ — हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको अवसरमा आयोजित विशेष समारोहमा बिहारका वरिष्ठ पत्रकार डा. शशिभूषण कुमारलाई ‘स्मरण उदन्त मार्तण्ड सम्मान–२०२६’ प्रदान गरिएको छ।
भारतको कोलकातास्थित कोलकाता गर्ल्स कलेजमा जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय संगोष्ठी तथा सम्मान समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका पत्रकारहरूको सक्रिय संस्था SAARC Journalists Forum Indian Chapter र भारतीय हिन्दी प्राध्यापक परिषद ले उक्त सम्मान प्रदान गरेका हुन्।
मातृभाषा तथा मानवअधिकार पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. शशिभूषण कुमारलाई सम्मानित गरिएको आयोजकले जनाएको छ। समारोहमा विभिन्न देशका पत्रकार, प्राध्यापक, साहित्यकार तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्रो. शम्भूनाथ तिवारी उपस्थित थिए। त्यसैगरी प्रो. अस्मिता मिश्र, प्रो. संजीव दुबे लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। अतिथिहरूलाई कोलकाता गर्ल्स कलेजकी प्राचार्य प्रो. सत्य उपाध्याय ले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन डा. अनिरुद्ध सुधांशु ले गरेका थिए।
डा. शशिभूषण कुमार यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन्। सन् २०२६ मा South Asia Collaboration Foundation ले दक्षिण एसियामा पत्रकारिता नेतृत्वका लागि उनलाई ‘South Asia Hero Award–2026’ प्रदान गरेको थियो। त्यस्तै, सन् २०२५ मा मातृभाषा पत्रकारितामा उत्कृष्ट योगदानका लागि ‘धर्मादित्य धर्माचार्य अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान–२०२५’ बाट समेत सम्मानित भएका थिए।
पत्रकारिता, मातृभाषाको संरक्षण तथा मानवअधिकारका क्षेत्रमा निरन्तर सक्रिय डा. कुमारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएका छन्।








