बिहारमा कानूकल्याण महासभा सम्पन्न, मन्त्रीदेखि अधिकारीसम्म सम्मानित

 

बिहार/ भारतको बिहार राज्यस्थित कानूकल्याण महासभाको केन्द्रीय कार्यालयमा भव्य कार्यक्रम आयोजना गरिएको छ। सामाजिक एकता, समुदायको उत्थान तथा विशिष्ट व्यक्तित्वहरूको योगदानको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा कानूकल्याण महासभाका राष्ट्रिय अध्यक्ष मुनेश्वर प्रसाद कानू को प्रमुख उपस्थिति रहेको थियो। साथै अशोक कुमार गुप्ता, अरुण किरण साहू, नीरज कुमार मधेशिया तथा संगठन सचिव एवं मिडिया प्रभारी शंकरप्रसाद कानू लगायतको सक्रिय सहभागिता रहेको थियो।

महासभामा बिहार सरकारका मन्त्री केदारप्रसाद गुप्ता, खुफिया विभागका डीएसपी शिवकुमार साह तथा आयकर अधिकारी अजितकुमार साह लाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले समाजमा शिक्षा, सामाजिक सद्भाव र समुदायको अधिकार सुदृढीकरणका विषयमा जोड दिएका थिए। महासभाले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित