रामाकान्त चौधरीको नेतृत्वमा रास्वपा समिति गठन

 

हरिकिशोर शर्मा / जेठ ९, जिराभवानी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिराभवानी गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलाले रामाकान्त चौधरीको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति गठन गरेको हो।

नवगठित समितिको सभापतिमा रामाकान्त चौधरी चयन भएका छन् भने उपसभापतिमा सन्जय प्रसाद राय र सचिवमा लावर राम चयन भएका छन्। त्यसैगरी समितिका सदस्यहरूमा सरस्वती चौधरी, मातृका लामिछाने, सुमित बराल, लालदेव दास, हिरामती राम, राहुल महतो तथा साधना देवीलगायत चयन भएका छन्।

भेला राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको सभापतित्व तथा मधेश प्रदेश सभापति ई. तपेश्वर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा जिल्ला सभापति हरि पन्त, उपसभापति तुलसा पौडेल अधिकारीलगायत पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न वडा समितिका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलामा सहभागी वक्ताहरूले संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित