इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली को सक्रियता : ८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई युवक पक्राउ

हरिकिशोर शर्मा / जेठ ३ जिराभवानी पर्सा

जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब ९ः४० बजे वीरगंज महानगरपालिका–३१मिलनचौक – कटगेनवा सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारिको नेतृत्वमा खटेकाे प्रहरी टाेलिले ना ३९ प २५३२ नम्बरको स्प्लेण्डर मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेर जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले लगाएको पाइन्टभित्र लुकाइछिपाइ राखिएको प्लाष्टिकसहित ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ता रहेका छन् ।

उनीहरूविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित