पर्सा/ वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। भेलाले वडा तदर्थ समिति गठन गर्दै विभिन्न पदाधिकारीहरूको चयन गरेको हो।
गठित समितिको सभापतिमा सन्तोष सिलवाल चयन हुनुभएको छ भने उपसभापतिमा राजकिशोर उपाध्याय उर्फ “देबा” चयन हुनुभएको छ। त्यसैगरी सचिवमा प्रमेश्वर यादव चयन हुँदा सदस्यहरूमा कविता यादव, रबि साह, अजय सहनी लगायत रहनुभएको छ।
भेलामा सहभागी कार्यकर्ताहरूले पार्टी संगठनलाई वडा तहसम्म सशक्त बनाउँदै जनताको समस्या समाधान तथा विकास निर्माणका मुद्दामा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नवनिर्वाचित सभापति लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै उपस्थित कार्यकर्ताहरूले सफल कार्यकालको कामना गरेका छन्।








