जिराभवानीमा पाँच वडामा रास्वपाको वडा कार्यसमिति गठन, संगठन विस्तारमा तीव्रता

 

हरिकिशोर शर्मा /२ जिराभवानी पर्सा ।

पर्साको जिराभवानी गाउँपालिकाका विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तारलाई तीव्रता दिएको छ । यसअन्तर्गत वडा नम्बर १, २, ३ ४ ५ मा एघार सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

चयनअनुसार वडा नम्बर १ मा राजहरन चौधरी वडा नम्बर २ मा बिशाल गुप्ता वडा नम्बर ३ मा अजित राय थारु उर्फ राम बिनय चौधरी तथा वडा नम्बर ४ मा रामप्रबेश चौधरी वडा न ५ मा रुदल राउत थारु अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।

वडा कार्यसमिति चयनका लागि रास्वपा पर्साले जिल्ला प्रतिनिधिका रूपमा तुलसा पौडेललाई खटाएको जिल्ला कार्यवाहक सभापति तुल्सा पौडेलले जानकारी दिइन् । वडा नम्बर ५ को कार्यसमिति गठन कार्यक्रममा भन्ने तुल्सा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।

पाँच वटै वडाको कार्यसमिति चयन कार्यक्रम रास्वपा जिराभवानी सभापति रामाकान्त प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सनजय राय थारु सुमित बराल तथा लाहवर राम जटाशकर साह कार्यसमितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

आउदो १६ वडा अधिबेशन हुने रास्पाका युवा नेता रामाकान्त चौधरीले बताएका छन।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित