वीरगंज । भरतपुरको दियालो रोड निवासी समाजसेवी तथा परोपकारी शंकर अग्रवालले ‘हाम्रो घर’ संस्थालाई खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गरेका छन्। एक कार्यक्रमका बीच उनले संस्थाका अध्यक्ष शंकर सापकोटालाई तीन बोरा चामल, एक बोरा दाल, एक बोरा चना तथा एक लाख एक महिनाको खाद्यान्न सहयोगको चेक हस्तान्तरण गरेका हुन्।
बीस वर्षअघि स्थापना भएको ‘हाम्रो घर’ संस्थाका संस्थापकसमेत रहेका अग्रवालले आगामी दिनमा पनि मासिक रूपमा सहयोग जारी राख्ने घोषणा गरे। कार्यक्रममा भवन तथा कोठा निर्माणदेखि विभिन्न सामाजिक परोपकारी कार्यमा अग्रवालले पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले मानवताको साँचो सेवा नै जीवनलाई उज्यालो बनाउने उल्लेख गर्दै सक्षम व्यक्तिहरू समाजसेवामा अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

यसैबीच, लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया प्रभारी तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी, सामाजिक कार्यकर्ता विमल सर्राफले दिल्लीबाट शुभकामना सन्देश पठाउँदै भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, लायन्स इन्टरनेशनलका आजीवन सदस्य लायन राधेश्याम खेतानले पनि आगामी दिनमा संस्थासँग सहकार्य र सहभागिता जनाउने आश्वासन दिएका छन्।








