वीरगंज लेडिज सर्कलद्वारा पर्सा प्रहरीलाई सेनेटरी प्याड सहयोग

 

वीरगंज, २९ वैशाख

सामाजिक उत्तरदायित्व अन्तर्गत Birgunj Ladies Circle ले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षलाई ६३० पिस सेनेटरी प्याड हस्तान्तरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा संस्थाले महिला तथा किशोरीहरूको स्वास्थ्य, सरसफाइ र महिनावारी स्वच्छताप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सामग्री सहयोगस्वरूप उपलब्ध गराएको हो। हस्तान्तरण गरिएको सेनेटरी प्याड महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षमार्फत आवश्यकतामा रहेका महिला तथा किशोरीहरूलाई वितरण गरिने जनाइएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकलगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले Birgunj Ladies Circle ले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सहयोगलाई उदाहरणीय र प्रेरणादायी कार्यको रूपमा प्रशंसा गरेका थिए।

उनीहरूले यस्ता सहयोगमूलक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै महिला स्वास्थ्य, सरसफाइ र महिनावारी स्वच्छताप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

साथै, महिला तथा किशोरीहरूको आधारभूत स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न सरकारी निकाय र सामाजिक संस्थाबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित