SEE को नतिजा सार्वजनिक, जिराभवानीको नतिजा चिन्ताजनक , बर्णमाला बोडिङ्ग मा बि वि प्रथम जिपिए कठकुइया माबी उत्कृष्ट

हरिकिशोर शर्मा / बैशाख २९ जिराभवानी पर्सा ।

माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा हिजो सोमबार राती प्रकाशन भएको छ। देशभरी ६५.९८% रिजल्ट सार्वजनिक भएको हो।

जिराभवानी गाउँपालिका भित्रका सामुदायिक विद्यालयको नतिजा यसपटक पनि चिन्ताजनक देखिएको छ।जिराभवानी ३ वटा मा वि का विद्यार्थीहरु २८१ जना परीक्षामा सहभागी भएका थिए भने १९ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन् ।जुन कुल सहभागी विद्यार्थीहरु मध्ये १६.३७% परीक्षार्थीहरु उत्तीर्ण भएको देखिएको छ।

जिराभवानी सामुदायिक विद्यालयहरुमा श्री नेरामावि कठकुया बसन्तपुरले अग्रता लिएको छ। सेढवा मा वि बाट १०५जना विद्यार्थी परीक्षार्थी मध्ये ६जना उत्तीर्ण भएका छन् ।जुन ५५.५५% हुन आउँछ। त्यसै गरी बितो महतो जितपुर नौकाटोल मा वि जितपुरले जिपिए तर्फ सर्वोत्कृष्ट स्थान प्राप्त गरेको छ ।सरस्वती मा वि की छात्रा एनजि गौरोले ३.३जिपिए प्राप्त गर्दै जिराभवानी गाउँपालिका प्रथम गरेकी छिन्। गौरोले पालिका स्तरीय परीक्षा कक्षा ८ मा पनि जिराभवानी पालिका प्रथम भएकी थिइन्। नौकाटोल मा विका ६१ परीक्षार्थी मध्ये ६ जनालाई सफलता मिलेको छ ।जुन ४.२३% हुन आउँछ। त्यसैगरी श्री मा वि सेढ्वाले ४.२३ प्रतिशत नतिजा हासिल गरेको छ। कठकुइया बसन्तपुर ६८ जना परीक्षार्थी मध्ये ७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यसैगरी श्री नेरा मावी बर्णमाला बोडिङ्ग स्कुलले परीक्षार्थीको नतिजा ४ जना पास भएको देखिएको छ। परीक्षामा विद्यार्थी ६ सहभागिता भएता पनि परीक्षार्थीको नतिजामा देखिएको विद्यालयले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित