ठोरी गाउँपालिकामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीद्वारा ज्ञापनपत्र बुझाइयो

 

हरिकिशोर शर्मा / बैशाख / २९ जिराभवानी पर्सा ।

ठोरी गाउँपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले आफ्नो समस्या समाधानको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। पछिल्लो समय आफूहरुलाई विस्थापित गर्न खोजिएको भन्दै उनीहरुले गाउँपालिकाले नेतृत्व गरेर उचित समाधान गर्न आग्रह गरेका हुन्।

“सुकुम्बासीको उचित व्यवस्थापन गर” भन्ने प्लेकार्डसहित गाउँपालिका पुगेका स्थानीयहरुले जनप्रतिनिधिहरुसँग आफ्ना समस्या र माग राखेका थिए।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ ले वास्तविक सुकुम्बासीले कुनै चिन्ता गर्न नपर्ने बताउनुभयो। स्थानीय सरकारले उचित व्यवस्थापनका लागि आवश्यक पहल गर्ने उहाँको भनाइ थियो। बाहिर फैलिएका हल्लाबाट आतंकित नहुन आग्रह गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय सरकार सधैं जनताको पक्षमा रहेको बताउनुभयो।

कार्यक्रममा वडाध्यक्षहरु अष्ट बहादुर लोप्चन, अमृत कृष्ण सापकोटा, मान बहादुर थिङ तथा उपाध्यक्ष गोकुली कुमारी रेग्मी ले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो।

गाउँपालिकाले स्थानीयहरुको ज्ञापनपत्रको मर्म बुझेर छिट्टै कार्यपालिका बैठक बोलाई आवश्यक निर्णय लिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित