बारा र पर्सामा सशस्त्र प्रहरीको छापा : तस्करीको १४ लाख बढीको कपडा र किराना सामान बरामद

 

हरिकिशोर शर्मा / २६ जिराभवानी पर्सा ।

पर्सा र बाराका दुई स्थानबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा कपडा र किराना सामान बरामद गरेको छ । भारतबाट राजस्व छलेर भित्रयाइएको कपडा र किराना सामान गरी १४ लाख बढी मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ५ कटुवा वीर्ताटोलास्थित एक गोठमा लुकाएर भण्डारण गरि राखिएको १७ पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौंलाले जानकारी दिदए । वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको भन्सार कर्मचारीसहितको टोलीले बरामद गरेको उक्त कपडाको बजार मूल्य ११ लाख ७५ हजार रुपैयाँ रहेको निरौलाले बताए ।

यसैगरि शनिबार नै पर्साको जिराभवानी गााएपालिका वडा नम्बर १ बलुवास्थित नेपाल–भारत सीमा नजिजक रहेका घरहरुमा भण्डारण गरि राखिएको २ लाख ३५ हजार ५०० रुपैयाँको किराना सामानपनि बरामद गरिएको निरौलाले जानकारी दिए ।

बरामद कपडा र किराना सामान आवश्यक कारबाहीका लागि शनिबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बतााए

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित