शिक्षा क्षेत्रमा ह्युमन लभ च्यारिटी फन्डको महत्वपूर्ण सहयोग

 

दिपेन्द्र चौधरी सहनी

धोबिनी । ह्युमन लभ च्यारिटी फन्ड द्वारा पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं. ५ स्थित श्री अजीज मियाँ माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यार्थीहरूको मनोबल अझ उच्च बनाउने उद्देश्यले आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै विद्यालयको शैक्षिक वातावरणलाई थप सहज र प्रभावकारी बनाउन संस्थाले शैक्षिक सत्र २०८४ भरि विद्यालयमा आवश्यक पर्ने मार्कर तथा त्यसको इङ्कको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको जानकारी गराएको छ।

यस सामाजिक तथा शैक्षिक सहयोगको कदर गर्दै श्री अजीज मियाँ माध्यमिक विद्यालय परिवारद्वारा ह्युमन लभ च्यारिटी फन्डलाई सम्मान समेत गरिएको थियो। संस्थाले प्राप्त गरेको उक्त सम्मानले आफूहरूलाई समाज र शिक्षाप्रति अझ जिम्मेवार, सक्रिय तथा समर्पित भएर काम गर्न प्रेरणा दिएको जनाएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनौवर अहमद, प्रधानाध्यापक जितेन्द्र राम, समाजसेवी फैयाज अन्सारी, संस्थाका प्रमुख सल्लाहकार मुकेश पटेल, कोषाध्यक्ष दिपेन्द्र चौधरी सहनी, सचिव म. रिजवान अन्सारी, वित्तीय सल्लाहकार म. खालिद अन्सारी लगायत शिक्षक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित