लायन्स डिस्ट्रिक्ट ३२५ एस नेपालको कार्यकारी समिति गठन, नियुक्तिपत्र वितरण

 

वीरगंज । Lions Clubs International अन्तर्गत डिस्ट्रिक्ट ३२५ एस नेपालका लागि सत्र २०२६–२७ को कार्यकारी समिति गठन गरिएको छ । नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन रामबिहारी पाण्डेले वीरगंज, कलैया, जीतपुर–सिमरा तथा अमलेखगञ्जसहित क्षेत्र नम्बर ३ का नवनियुक्त जिल्ला अधिकारीहरूलाई एक समारोहबीच नियुक्तिपत्र वितरण गर्नुभयो ।

समारोहमा पाँच दशकदेखि लायनवादमा सक्रिय वरिष्ठ पूर्व जिल्ला गभर्नर डा. आरपी खेतान, पूर्व बहुजिल्ला परिषद् अध्यक्ष डा. रमेश अग्रवाल, पूर्व जिल्ला गभर्नर आरके सिन्धी, नवनियुक्त क्याबिनेट सचिव बासु तिमिल्सिना, क्याबिनेट कोषाध्यक्ष रामेश्वर गुप्ता, क्षेत्रीय प्रमुख सुनिल थापा गुप्ता, डा. मनोज उपाध्याय, विमल जैन, भानुभक्त अधिकारी, डीएम लिम्बु, मेहर यादव, अञ्चल अध्यक्षहरू नरोत्तम पाण्डे, सुरेश रुंगटा, पिंकी शाह, मीना टिबरेवाल, रवि बरनवाल, डा. नीरज सिंह, सुशीला शाह, अमरकान्त झा, सूर्यजीत सिंह, उमेश गुप्ता, विनोद खण्डेलवाल, नारायणीदेवी रायमाझी, कृष्णबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी क्याबिनेट पदाधिकारीहरूमा प्रकाश बाहेती, विजय कुशवाहा, अस्मा सिंह यादव, उमेश शर्मा, चन्द्रशेखर पटेल, सलमा खातुन, ऋतिका जायसवाल, अशोक बेरीवाल, उमेश शाह कानु, सञ्जिता प्याखुरेल, सोनी अग्रवाल, विजय गुप्ता, सन्दीप केडिया, पीयूष दारुका, श्याम गुप्ता, राकेश शाह, मनीष सिस्का, रवि सर्राफ लगायत सहभागी थिए । कार्यक्रममा विभिन्न लायन्स तथा लियो क्लबका पदाधिकारी र सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिँदै डिस्ट्रिक्ट गभर्नर पाण्डेले नयाँ टोलीसँग सहकार्य गर्दै लायन्स सदस्य संख्या विस्तार, मानवीय सेवामा सक्रिय सहभागिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो । उहाँले कार्यकाल आगामी जुलाई १ देखि सुरु भई २०२७ जुन ३० सम्म रहने जानकारी दिनुभयो ।

यस अवसरमा आगामी जुलाई महिनामा Lions Clubs International Convention 2026 मा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताबारे पनि जानकारी गराइएको थियो । आजीवन सदस्य लायन राधेश्याम खेतानले शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले लायन्स अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी Lions Club of Raxaul का अध्यक्ष तथा मिडिया इन्चार्ज लायन विमल सर्राफ, सचिव मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष अमित कुमार, अञ्चल अध्यक्ष लायन शम्भुप्रसाद चौरसिया तथा क्लबका सदस्यहरूले नवनियुक्त जिल्ला कार्यकारिणीलाई शुभकामना व्यक्त गर्दै लायनवादमार्फत भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरेका थिए

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित