गुरुदेव रवीन्द्रनाथ ठाकुरको जयन्ती भव्य रूपमा मनाइयो

 

हाजीपुर। शहरस्थित ट्यागोर किड्स एन्ड हाई स्कूलमा आज गुरुदेव रवीन्द्रनाथ ठाकुर को जयन्ती भव्य रूपमा मनाइएको छ। कार्यक्रमको उद्घाटन पूर्णियाका पूर्व जिल्ला शिक्षा पदाधिकारी शिवनाथ विष्णुपुरीले फिता काटेर गरेका थिए। कार्यक्रममा समाजसेवी रामानन्द गुप्ता, जयपुरबाट आएका रामकुमार, चर्चित उद्घोषक कौशर परवेज खान तथा विद्यालयका निर्देशक एवं वरिष्ठ पत्रकार डा. शशि भूषण कुमारको उपस्थिति रहेको थियो।

विद्यालयका निर्देशक डा. शशि भूषण कुमारले अतिथिहरूलाई “ट्यागोर सम्मान–२०२६” प्रदान गर्दै प्रमाणपत्र, मायाको चिनो, अंगवस्त्र तथा बिरुवा हस्तान्तरण गरेका थिए। त्यसपछि अतिथि, विद्यालय परिवार तथा विद्यार्थीहरूले गुरुदेव ठाकुरको तस्वीरमा पुष्पाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले भाषण, चित्रकला, कविता वाचन तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

पूर्व जिल्ला शिक्षा पदाधिकारी शिवनाथ विष्णुपुरीले रवीन्द्रनाथ ठाकुर महान कवि, दार्शनिक, संगीतकार तथा चित्रकार भएको उल्लेख गर्दै उनलाई “गुरुदेव” र “विश्वकवि” का रूपमा चिनिने बताए।

समाजसेवी रामानन्द गुप्ताले ठाकुरले सन् १९१३ मा “गीताञ्जली” कृतिका लागि साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली बनेको स्मरण गरे। उनले भारतको राष्ट्रगान “जन गण मन” तथा बंगलादेशको राष्ट्रगान “आमार सोनार बांग्ला” रचना गरेका थिए।

जयपुरका रामकुमारले सन् १९०१ मा ठाकुरद्वारा स्थापित शान्तिनिकेतन पछि विश्वभारती विश्वविद्यालयका रूपमा विकास भएको बताए।

उद्घोषक कौशर परवेज खानले रोचक शैलीमा गुरुदेव ठाकुरको व्यक्तित्व र योगदानमाथि प्रकाश पारेका थिए। विद्यालयका निर्देशक डा. शशि भूषण कुमारले ठाकुरले आठ वर्षकै उमेरमा पहिलो कविता लेखेको तथा दुई हजारभन्दा बढी गीत सिर्जना गरेको जानकारी दिए।

विद्यालयकी प्राचार्या पिंकी कुमारी तथा गायक कुन्दन कृष्णाले अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षिका रुबी कुमारीले गरेकी थिइन्। कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित