अलौंमा भव्य कलश यात्रा सहित श्रीमद भागवत कथा साप्ताहिक ज्ञान यज्ञ सुरु

 

पवन प्रसाद साह

वीरगंज/बैसाख १९ गते

वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौंमा श्रीमद भागवत कथा साप्ताहिक ज्ञान यज्ञको अवसरमा भव्य कलश यात्रा सम्पन्न भएको छ।

स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कलश यात्रा अलौं गाउँको परिक्रमा गर्दै तिलावे नदीसम्म पुगेको थियो। श्रद्धालु महिलाहरूले कलशमा पवित्र जल भरेपछि पुनः बाजागाजा र धार्मिक झाँकीसहित कथा स्थलमा फर्किएका थिए।

कलश यात्रामा अलौं गाउँका सयौं श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। धार्मिक आस्था र सामाजिक एकताको प्रतीकका रूपमा आयोजना गरिएको यस यात्राले गाउँमा विशेष उत्साह थपेको छ।

उक्त श्रीमद भागवत कथा साप्ताहिक ज्ञान यज्ञ अलौंवासीहरूको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो। साथै, कथा वाचन बनारस धाम, भारतका परम पूज्य शिवेश तिवारी जीबाट गरिने आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार यज्ञ अवधिभर विभिन्न धार्मिक कार्यक्रम, प्रवचन तथा भजन–कीर्तन सञ्चालन गरिनेछ। यस प्रकारका धार्मिक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने तथा सांस्कृतिक परम्पराको संरक्षणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित