रिलिफ सोसाइटी अफ कमर्स वीरगंजको ३५औँ स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीमा चार व्यक्तित्व सम्मानित

 

वीरगंज/१८ वैशाख

रिलिफ सोसाइटी अफ कमर्स, वीरगंजले आफ्नो ३५औँ स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको शुभ अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका चार जना व्यक्तित्वलाई सम्मान गरेको छ।

आदर्शनगरस्थित रिलिफ सोसाइटी भवनमा आयोजित विशेष कार्यक्रममा उद्यम, खेलकुद, शिक्षा तथा साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको हो।

सम्मानित हुनेहरूमा उद्यमशीलताको माध्यमबाट समाज तथा महिला उद्यमीहरूलाई सकारात्मक सन्देश प्रवाह गर्दै आएकी कमला घिमिरे, फुटबल खेल तथा गायन क्षेत्रमा निरन्तर योगदान दिँदै आएका अशोक प्रधान, शिक्षा क्षेत्रमा समर्पित सेवा पुर्‍याउँदै आएका श्याम बिकेश महतो, तथा साहित्य क्षेत्रमा सक्रिय योगदान दिँदै आएका विनयराज गौतम रहेका छन्।

कार्यक्रम रिलिफ सोसाइटी अफ कमर्स, वीरगञ्जका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, गणेश लाठ लगायत विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले समाज विकासमा योगदान गर्ने व्यक्तित्वहरूको सम्मानले अन्यलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै रिलिफ सोसाइटीले विगत ३५ वर्षदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित