विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

 

अभिलाष गुप्ता

वीरगञ्ज, १७ वैशाख

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ। वैशाख १७ गते सम्पन्न बैठकले संगठन विस्तार कार्यक्रम अन्तर्गत विद्यालयलाई सदस्यता दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्याब्सन वीरगञ्ज तथा जिल्लास्तरीय सदस्यता अनुगमन एवं सिफारिस उपसमितिको सिफारिसका आधारमा विद्यालयलाई सदस्यता दिने निर्णय गरिएको जनाइएको छ। यस निर्णयसँगै प्याब्सन पर्सामा आबद्ध विद्यालयहरूको संख्या ६१ पुगेको छ।

बैठकपछि जानकारी दिँदै जिल्ला सचिव अशोक संग्रौलाले संगठन विस्तारलाई तीव्रता दिँदै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा विशेष जोड दिइएको बताए। उनका अनुसार नयाँ विद्यालयहरूलाई समेट्दै लैजानुले प्याब्सनको संस्थागत सुदृढीकरणका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्नेछ।

साथै, सदस्य विद्यालयहरूबीच सहकार्य, अनुभव आदानप्रदान तथा नीतिगत एकरूपता कायम गर्न पनि सदस्यता विस्तार आवश्यक रहेको उनले उल्लेख गरे।

प्याब्सन पर्साले आगामी दिनमा पनि सदस्यता विस्तारलाई प्राथमिकतामा राख्दै जिल्लाभरका निजी विद्यालयहरूलाई संगठित गर्ने लक्ष्य लिएको जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित