ठोरी आँखा उपचार केन्द्रको १२ औं वार्षिकोत्सव सम्पन्न

 

हरिकिशोर शर्मा / १२ जिराभवानी पर्सा ।

भरतपुर आँखा अस्पतालको शाखाको रुपमा रहेको ठोरी गाउँपालिका वडा नम्बर २ मा अवस्थित ठोरी आँखा उपचार केन्द्रको १२ औं वार्षिकोत्सब सम्पन्न भएको छ।नेपाल नेत्र ज्योति संघ चितवनका निवर्तमान सभापति कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न १२ औं वार्षिकोत्सबका प्रमुख अतिथि मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले ठोरी आँखा उपचार केन्द्रले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।मन्त्री चौधरीले निकट भविष्य मै मधेस प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई ठोरी ल्याउने र ठोरीको विकासमा मधेस सरकारले गर्न सक्ने विकासका सम्भावनाहरुलाई स्थगत अध्ययन गराउने प्रतिबद्धता व्यक्त गरे।ठोरीले विकासको हरेक क्षेत्रमा फड्को मारि सकेको हुँदा ठोरीबाट अन्य स्थानीय सरकारले धेरै कुरा सिक्नु पर्ने बताए।आगामी दिनमा मधेस सरकारबाट यस आँखा अस्पताललाई समेत सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी,नेपाल नेत्रज्योति संघ्का केन्द्रीय सल्लाहकार बामदेव खनाल,भरतपुर आँखा अस्पतालका संस्थापक सचिव प्रभात कुमार जोशी,समावि ठोरीका प्रधानाध्यापक महेन्द्र प्रसाद उपाध्याय,चोकबजार बजार व्यवस्थापन समितिका अध्यक्ष कामोध्या प्रसाद चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए।

२०७२ बैशाख १२ गते स्थापना भएको यस अस्पतालले सरस्वती मा वि को भवनबाट सेवा प्रारम्भ गरेता पनि अहिले आफ्नै आधुनिक भवनमा आँखा उपचार हुँदै आएको छ।यस आँखा उपचार केन्द्रमा नेपालबाट भन्दा पनि भारतबाट बिरामीको संख्या बढी आउने गरेको अस्पताल व्यवस्थापन समितिका कोषाध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए। यस आँखा उपचार केन्द्रमा आँखा परीक्षण ,मोतीया बिन्दुको शल्यक्रिया ,फेको बिधिबाट शल्यक्रिया लगायतका अन्य आँखा सम्बन्धि शल्यक्रिया गरिंदै आएको पनि श्रेष्ठले जानकारी दिए। ठोरी आँखा उपचार केन्द्रका संयोजक अमृत कृष्ण सापकोटाले स्वागत मन्तव्य राखेको वार्षिकोत्सब कार्यक्रमको सहजीकरण भरतपुर आँखा अस्पतालका सचिव केशव अधिकारी गरेका थिए। आजै यस आँखा उपचार केन्द्रले ठोरीका स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखामा आइपर्ने समस्या तथा मोतीयाबिन्दुका लक्षणहरुको एकदिवसीय अनुशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित