कलैया नगरप्रहरी ज्यादती प्रकरण  नगरप्रमुखले मागे माफी

 

बारा / कलैया नगरप्रहरीले गरेको ज्यादती प्रकरणमा नगरप्रमुखले माफि मागेका छन । नगरप्रहरीले व्यापारीलाई गरेको दुर्व्यवहारको कारण नगरप्रमुख विनोद साह लगायत नगरप्रहरीले माफि मागेका छन ।

नगरप्रमुख साह तथा व्यापारीलाई पसलबाट गरेको दुर्व्यवहारमा संग्लन रहेको मुकेश साह, मुकेश पटेल, विजय यादव लगायतले माफी मागेको भिडियो सार्वजनिक भएको छ।

नगरप्रहरीले गल्ती गरेको नगरप्रमुख साहले स्विकार गरेका छन । नगरप्रहरीसंग गल्ती भएकोले नै आफुहरु आफ्नो गल्ती स्वीकार गरि मुद्दा मुकदमा नजान पिडित परिवारसंग आग्रह गरेका थिए । पिडित परिवारले भावनाको कदर मिलापत्र गरेकोमा हृदय देखि धन्यवाद समेत दिन चाहेको नगरप्रमुख साहले भने । अब देखि नगरप्रहरीलाई अनुशासित बनाउन आफूले विशेष कार्यक्रमको आयोजना गर्ने बताए ।

यता नगरप्रहरीले आत्मागलानी हुदै भने पिडित रोहन गुप्ता आफ्नो छोरीसँगै पढेको बताए । मेरो छोरीले समेत भनिन बुवा तपाईँले गलत गर्नु भयो, ‘ केटा एकदम सोझी छ, छोरीको कुरा सुनेर धेरै रोए दुई दिन सम्म खाना नखसेको नगरप्रहरी मुकेश साहले बताए ।

पीडित परिवारका अनुसार मुद्दा दर्ता प्रक्रियामा रहेको बेला नगरप्रमुख साहले विभिन्न राजनितिक दल, समाजिक अगुवासंग आफु लगायत नगरप्रहरीले माफि माग्ने मुद्दा मिलापत्र गर्न हारगुहार गरे पछि, ‘ नगरप्रमुख आफैले माफी मागे पछि मुद्दा प्रक्रियामा नगएको पिडितका काका मुना गुप्ताले बताए ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित