वीरगंजमा सडक विस्तारविरुद्ध आन्दोलन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 

वीरगंज, ११ वैशाख।

वीरगंज बचाउ संघर्ष समितिले सडक विस्तारका क्रममा घर तोडफोडबाट प्रभावित घरधनी तथा पीडितहरूको पक्षमा आवाज उठाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

समितिको नेतृत्वमा निकालिएको जुलुस नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “२०७२ को निर्णय कायम गर”, “हामीलाई सुकुम्बासी बनाउन पाइँदैन”, “महानगरपालिका मुर्दावाद” लगायतका नारा लगाउँदै उचित मुआब्जाको माग गरेका थिए।

समितिका अध्यक्ष जवाहर गुप्ताको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै सडक विस्तारका नाममा गरिएको घर तोडफोडप्रति आपत्ति जनाएको छ। साथै, पीडितहरूलाई उचित र न्यायोचित मुआब्जा उपलब्ध गराउन माग गरिएको छ।

समितिले सरकारसँग पीडितहरूको समस्या तत्काल सम्बोधन गर्न तथा विगतका निर्णयहरू कार्यान्वयन गर्न आग्रह गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित