कलैया नगरप्रहरीको ज्यादती

 

बारा/   बारामा नगरप्रहरीले ज्यादती गरेको तथ्य बाहिर आएको छ । कलैया बजारमा व्यापारीहरू माथि नगरप्रहरीले ज्यादती गरेको भिडियो सार्वजनिक भएको छ ।

नगरप्रहरीको कहरले व्यापारीहरुको व्यापार ठप्प भएको दिनानाथ दास बताउछन । आफ्नो पसल अगाडी राखेको ४० केजीको खुर्सानीको बोरा उठाएर गाडीमा लोड गरि व्यापारीहरूको मनोबल गिराउने काम गरेको उनले बताए ।

त्यस्तै मिठाई पसल संचालन गरेका शम्भु गुप्ताको पसलमा पसेर नगर प्रहरीले समान छितरबितर गरी गाली गलौज समेत गरेको गुप्ताले बताए ।

फलफूल पसल संचालन गरेक रोहन गुप्तालाई मर्नासान घिसारेर लगेको घटनाले व्यापारीहरु त्रसीत बनेका छन ।

आफु पसलमा बसेको बेला अपराधी झै घिसारेर किन लगियो, बुझनै नसकेको गुप्ता बताउछन ।

नगरप्रहरीको झुण्ड आएर पसल भित्रबाट घिसारेर मर्नासय गरि लगेको फुलेना देवी बताउछिन । रोहन मेरो साईडमा पसल भित्र बसेको आफु प्रत्यक्षदर्शी रहेको उनले बताइन ।

नगरप्रहरीले ज्यादती गरेको भिडियो समाजिक संजालमा आएको प्रति नगरप्रमुख विनोद साहले आफु बाहिर रहेको बताए । नगरप्रहरीले बाटो फराकिलो बनाउन समान उठाउदा समान्य झडप भएको भिडियोमा देखेको उनले बताए । भिडियो हेर्दा नगर प्रहरीले गरेको अमानविय व्यवहारले व्यापारीहरूले दुख पाएको स्विकार्छन। अब उपरान्त नेपाल प्रहरीको सहयोगमा सरसफाइ गर्ने उनले बताए ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित