सडक विस्तारका क्रममा उखेलिएका रुख पुनःरोपण, बीरगंजमा वातावरण संरक्षणको उदाहरणीय पहल

 

वीरगंज, वैशाख ७

वीरगंज महानगरपालिकामा सञ्चालन भइरहेको सडक विस्तार अभियानका क्रममा सडक किनारका केही रुखहरू उखेलिनु परेको अवस्थामा ती रुखहरू बेवारिसे छाडिनु वातावरणका लागि चिन्ताको विषय बन्न सक्थ्यो। तर यस्तो संवेदनशील परिस्थितिमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान तथा सदसयहरुको पहलमा सक्रियता देखाउँदै उदाहरणीय कार्य अघि बढाइएको छ।

घण्टाघरस्थित वि. पी. उद्यान पार्कमा उखेलिएका रुखहरूलाई पुनः वृक्षारोपण गरिएको छ। यस कार्यले वातावरण संरक्षणप्रतिको उच्च प्रतिबद्धता झल्काउनुका साथै हरियाली जोगाउने प्रयासलाई थप मजबुत बनाएको छ। पुनःरोपण अभियानले स्वच्छ र स्वस्थ वातावरण निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको यस कदमले विकाससँगै वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सकिने सन्देश समुदायमा प्रवाह गरेको छ। साथै, यसले अन्य निकाय तथा स्थानीय बासिन्दालाई पनि वातावरणप्रति जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

वीरगंजको हरियाली जोगाउने उद्देश्यले चालिएको यो कदमलाई स्थानीयले सराहनीय र अनुकरणीय कार्यका रूपमा लिएका छन्।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित