प्रधानमन्त्री बालेन शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

 

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। यसअघि आइतबार मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो। त्यसको केही दिनमै पुनः आकस्मिक बैठक बोलाइएकाले सरकारबाट केही महत्त्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले आह्वान गरेको उक्त बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ। बैठकमा देशको समसामयिक अवस्था, प्रशासनिक निर्णय तथा आवश्यक नीतिगत विषयमा छलफल हुने सम्भावना रहेको छ।

यसैबीच गृहमन्त्री सुधन गुरुङको काभ्रे जिल्लास्थित रोशी खोला क्षेत्रको निरीक्षण कार्यक्रम पनि तय गरिएको छ। गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएपछि मात्र गृहमन्त्री गुरुङ रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणका लागि काभ्रे प्रस्थान गर्नेछन्।

प्रधानमन्त्रीले आकस्मिक बैठक किन बोलाएका हुन् भन्ने विषयमा औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक नभए पनि सरकारका केही महत्वपूर्ण विषयमा तत्काल निर्णय लिनुपर्ने आवश्यकता भएकाले बैठक आह्वान गरिएको हुन सक्ने अनुमान गरिएको छ। बैठकपछि सरकारले महत्वपूर्ण निर्णय सार्वजनिक गर्ने सम्भावना पनि रहेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित