हरिकिशोर शर्मा / चैत २३ जिराभवानी पर्सा
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा अवैध लागू औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको विशेष टोलीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले महुवन बजारस्थित सडक खण्डमा निगरानी बढाएको थियो। सोमबार बिहान करिब ७ बजेको समयमा शंकास्पद रूपमा आइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको अवैध गाँजा बरामद भएको हो।
प्रहरीले दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बस्ने ३१ वर्षीय मोहीचन यादव,पर्सागढी नगरपालिका वडा नं. ९ एटांगा बस्ने ४० वर्षीय बैजनाथ यादव सहित भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छन् ।उक्त
प्रहरीले निजहरूको साथबाट ५ किलो २०० ग्राम अवैध गाँजा र तस्करीमा प्रयोग गरिएको बीआर ०५ वाई ८५३४ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका दुवै जनालाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ। उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









