जनमत पार्टीद्वारा वीरगंजमा धोती लगाएर नगर परिक्रमा, राष्ट्रिय पोसाक दिवस मनाइयो

अभिलाष गुप्ता

 

वीरगंज/१८ पौष

जनमत पार्टीले वीरगञ्जमा धोती लगाएर नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएको छ। ‘धोती एक हौँ’ भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा सहभागीहरूले सांस्कृतिक पहिचान, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेका थिए।

 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजित उक्त कार्यक्रम पहाडी समुदायबाट मधेसी समुदायमाथि हुने कथित दुर्व्यवहारको विरोधस्वरूप आयोजना गरिएको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। उनका अनुसार मधेसी समुदायको पहिचानका रूपमा रहेको धोतीप्रति हुने विभेदको विरोध गर्दै राष्ट्रिय एकता र सामाजिक सहिष्णुताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो।

नगर परिक्रमाका क्रममा सहभागीहरूले धोती नेपाली पहिचानको अभिन्न अङ्ग भएको उल्लेख गर्दै ‘तराई–पहाड एक हौँ’ भन्ने नारा लगाएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले विविधताभित्रको एकता मजबुत बनाउनुका साथै सबै समुदायबीच आपसी सम्मान र सद्भाव प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा निकालिएको र्‍यालीमा जनमत पार्टीका केन्द्रीय सदस्य विद्यालाल प्रसाद, सीमा गुप्ता, मालती कुशवाहा, श्यामप्रसाद गुप्ता, श्यामशंकर चौरसिया, नजमा खातुन, रुक्साना खातुन सहभागी थिए।

त्यसैगरी प्रदेश सदस्यहरू बृजेश्वर चौधरी, राजनारायण मिश्र, सत्जुग साह, अब्दुल अन्सारी, नेताहरू अमरनाथ सिंह राठौर, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा, पर्सागढी नगर अध्यक्ष मनोज यादव, बिन्दवासिनी गाउँपालिका अध्यक्ष ललन (विनोद) चौरसिया, बहुदरमाई नगर अध्यक्ष जगदीश पटेल, नगर संयोजक सतेन्द्र गुप्ता, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष देवेन्द्र रवानी, छिपहरमाई गाउँपालिका अध्यक्ष कृष्ण कुशवाहा, कालिकामाई गाउँपालिका अध्यक्ष प्रदीप साह, पटेर्वासुगौली गाउँपालिका अध्यक्ष शिव मुखिया, इन्जिनियर संघ पर्साका जिल्ला अध्यक्ष ई. राजुराज गिरी सहभागी थिए।

यस्तै युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्ता, दलित अध्यक्ष नरेश राम, नेताहरू डा. मनोज कुमार, सीए देवराज, महेश चौरसिया, रामबाबु चौरसिया, जय भोले यादव, सहनवाज राकी, नागेन्द्र गुप्ता, तुलसी राम, एकबाल अन्सारी, युवा नेता अजित सिंह, सुजित सिंहलगायत सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित