कर्पोरेट सुपर–६ क्रिकेट : राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक क्वार्टरफाइनलमा प्रवेश, भोलिदेखि नॉकआउट चरण सुरु

 

अभिलाष गुप्ता

वीरगंज २६ मंसिर

 

लायन्स क्लब वीरगंज परिवार र वीरगंज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा जारी कर्पोरेट सुपर ६ क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न खेलहरूमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

 

टुर्नामेन्टका नॉकआउट चरणहरू – क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल – भोलि २७ गते शनिबार बिहान ८ बजेबाट सुरु हुने भएको आयोजक समितिले जनाएको छ।

लायन्स क्लब बिरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेका अनुसार प्रतियोगितामा उत्साहजनक प्रतिस्पर्धा भइरहेको छ र भोलिका निर्णायक खेलले विजेता टिमको टुंगो लाग्नेछ।

 

उक्त प्रतियोगितामा विभिन्न संस्थाका टोलीहरूको सक्रिय सहभागिता रहेको छ भने खेलप्रेमी दर्शकहरूको उपस्थिति पनि उल्लेखनीय रहेको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित