हिन्दू सम्राट सेना नेपाल पर्साको वीरगञ्ज महानगर कमिटी असोज ३ गते गठन हुने

 

 

वीरगञ्ज । हिन्दू सम्राट सेना नेपाल पर्साले वीरगञ्ज महानगर कमिटी गठन गर्ने भएको छ। जिल्ला अध्यक्ष विकास साहको अध्यक्षतामा बसेको बैठकले आगामी २०८३ साल असोज ३ गते वीरगञ्ज महानगर कमिटी गठन गर्ने निर्णय गरेको हो।

हिन्दू सम्राट सेना नेपाल पर्साका अनुसार असोज ३ गते बिहान ८ बजे वीरगञ्जस्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेस, भिस्वा बसपार्कमा विशेष कार्यक्रम आयोजना गरी महानगर कमिटी गठन गरिनेछ।

हिन्दू समाजको हकहित, धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण र सामाजिक एकताका लागि सक्रिय रूपमा काम गर्ने उद्देश्यले महानगर कमिटी गठन गर्न लागिएको संगठनले जनाएको छ।

कमिटी गठनसँगै वीरगञ्ज महानगर क्षेत्रमा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै हिन्दू समाजसँग सम्बन्धित विभिन्न विषयमा आवाज उठाउने तथा सामाजिक गतिविधिमा सहकार्य गर्ने योजना रहेको जनाइएको छ।

हिन्दू समाजको हकहितका लागि सँगै काम गर्न इच्छुक व्यक्तिहरूलाई संगठनमा आबद्ध हुनसमेत हिन्दू सम्राट सेना नेपाल पर्साले आह्वान गरेको छ। इच्छुक साथीहरूले जिल्ला अध्यक्ष विकास साह तथा जिल्ला कोषाध्यक्ष दिपनारायण यादवसँग सम्पर्क गर्न सक्ने जनाइएको छ।

संगठनले वीरगञ्ज महानगर कमिटी गठन कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई असोज ३ गते बिहान ८ बजे सोल्टी गार्डेन एण्ड पार्टी प्यालेस, भिस्वा बसपार्कमा उपस्थित हुन आग्रह गरेको छ।

सम्पर्क : ९८४५०३३४७५,९८४५४२५५७८

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित