रसुवा बाढीपीडितका लागि जिराभवानी गाउँपालिकाद्वारा ५ लाख ५५ हजार रुपैया सहयोग गर्ने घोषणा

 

हरिकिशोर शर्मा / भदौ २२ जिराभवानी पर्सा

रसुवाकाे भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि पर्साकाे जिराभवानी गाउँपालिकाले ५ लाख रुपैयाँ ५५ हजार आर्थिक सहयोग गर्ने भएको छ।गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा आइतबार बसेको गाउँ कार्यपालिका (बोर्ड) काे बैठकले ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो

अध्यक्ष चौधरीको अनुसार, गाउँपालिकाे विपद् व्यवस्थापन काेषबाट ५ लाख ५५ हजार तथा गाउँपालिकका जनप्रतिनिधिहरुकाे एक महिनाकाे तलबभत्ता सुविधा बराबरको रकम र गाउँपालिकामा कार्यरत कर्मचारीहरुबाट नेपाल सरकारले ताेके बमाेजिमकाे रकम गरी कूल ५ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयाेग गर्ने निर्णय गरिएको हाे।

आइतबार बाेर्ड ​बैठकबाट निर्णय गरिएको रकम संकलन गरेर दुई तीन दिनभित्रै प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  अमित गिरीले जानकारी दिए।

​बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका रसुवा,नुवाकोट,धादिङ लगायतका नागरिकलाई विपद्को यस कठिन समयमा राहत र पुनर्स्थापनामा मद्दत पुगोस् भन्ने उद्देश्यले आकस्मिक बाेर्ड बैठक डाकेर आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अनोज चौधरीले बताएका थिए ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित