भदौ १० गते मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

 

काठमाडौं । गृह मन्त्रालयले २०८३ साल भदौ १० गते बुधबार परेको मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी व्यवस्थाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा रहने स्पष्ट गरिएको छ।

मन्त्रालयले मुस्लिम आयोगबाट मोहम्मद जयन्तीका सम्बन्धमा जानकारी प्राप्त भएपछि सोहीअनुसार २०८३ भदौ १० गते बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

यसै अवसरमा गृह मन्त्रालयले सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा मोहम्मद जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित