रामजी प्रसाद यादव
बीरगंज/ २ भादौ
बीरगंज महानगर पालिका वडानं.१९को बिन्दवासनी चौकको पाँचसय मिटर उतर बगैचामा रहेको एक होटलमा गएराती बुधबार होटलमा बिजय यादव सहित तिन जना खाजा खादै गर्दा अर्को टेबलको ब्यक्ती बहुदरमाई न.पा.-१बिश्रामपुरका बालकुमार यादव र वडानं.३नगरदाहाका धिरेन्द्र साह तेलीसंग केही बिषयलाई लिएर भनाभन भएपछि राजनीतिक प्रतिशोधका कारण सोही ब्यक्तीले फोन गर्दा दुई स्कारपियोमा १५/१६जना र ८/१०वटा मोटरसाईकलमा १५/१६ जमा गरि ३०/३२जनाको संख्यामा आएर बिजय यादव माथि ज्यान मार्ने उदेश्यले गुण्डागर्दी शैलीमा एक्कासि ज्यानलेवा हमला गरि मोटरसाइकलको अगाडीको सक्कर र फलामको रडबाट टाउको र शरीरको बिभिन्म भागमाथि प्रहार गर्दा टाउकोबाट रक्तश्राव भई नारायणी अस्पताल बीरगंजको ईमरजेन्सीमा भर्ना भएपनि उपचार सम्भव नहुदा मेडिसिटी बायोदा अस्पतालबाट उपचार हुदै गर्दा थप उपचारका लागि काठमाडौं लगिएको छ!घटनामा संलग्न ३जनालाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन!









