समाजसेवी चौधरीद्वारा विपन्न परिवारलाई १० हजार रुपैयाँ सहयोग

 

पर्सा/  जगरनाथपुर गाउँपालिकाका एक अति विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

दैनिक जीवनयापनका लागि आवश्यक गाँस, बास र कपाससमेतको अभाव झेलिरहेको परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले चौधरीले उक्त रकम सहयोग गरेका हुन्।

परिवारको अवस्था अत्यन्तै दयनीय रहेको जानकारी पाएपछि मानवीय भावनाका साथ सहयोग गरिएको समाजसेवी चौधरीले बताए। “परिवारको आवश्यकता र पीडा शब्दमा जति नै वर्णन गरे पनि सायद कम नै हुन्छ। थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ,” उनले भने।

सहयोगबाट विपन्न परिवारलाई दैनिक आवश्यकताका सामग्री व्यवस्थापनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। समाजसेवी चौधरीले आगामी दिनमा पनि आवश्यकतामा परेका परिवारलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

चौधरीले उक्त परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै ईश्वरले सधैँ खुशहाल राखून् भन्ने प्रार्थना समेत गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित