उपकार सेवा नेपालद्वारा वृद्धाश्रमलाई मासिक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग

 

हरिकिशोर शर्मा / साउन / २२ जिराभवानी पर्सा ।

 

, उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्धाश्रममा आश्रित वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, सुस्त मनस्थिति भएका व्यक्ति तथा बालबालिकाका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

संस्थाले आश्रममा आश्रित १८ जनाको उपभोगका लागि ३० किलोका दुई बोरा चामल, एक बोरा पिठो, एक बोरा सोयाबिन, १० किलो दाल, ४ लिटर खानेतेल, ६ किलो नुन, एक पेटी लुगा धुने साबुन, ५ किलो भुजा लगायतका दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो।

उपकार सेवा नेपालले आश्रमका सदस्य युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई घरमै बोलाई आयोजना गरिएको कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।

सामग्री संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका सदस्यहरूलाई हस्तान्तरण गरेका थिए।

उपकार सेवा नेपालले वृद्धाश्रममा आश्रितहरूलाई दैनिक जीवनयापनमा सहजता होस् भन्ने उद्देश्यले प्रत्येक महिना खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आएको जनाएको छ।

संस्थाले आगामी दिनमा पनि आश्रममा आश्रित वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित