रंगपुरटाडी स्थिति बंकुल पैनिमा हिरा माझीको मृत अवस्थामा शव फेला।

 

हरिकिशोर शर्मा / साउन २१ जिराभवानी पर्सा ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ स्थित बकुल पैनिमा बिहीबार बिहान एक वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको छ।

मृत फेला पर्नेमा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४, कल्याणपुर टोल निवासी अन्दाजी ७० वर्षीय हिरा माझी मुसहर रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले बिहीबार बिहान करिब ७:०० बजे बकुल पैनिमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी रङ्गपुरटाँडी र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाको प्रकृति शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीले २-३ जना स्थानीयलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली लगेको स्थानीयले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको र शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित