हरिकिशोर शर्मा / साउन २० जिराभवानी पर्सा
इलाका प्रहरी कार्यालय पोखरिया पर्साले २०७ केजी गाँजासहित गाडी पनि नियन्त्रणमा लिएको पर्सा प्रहरी पोखरियाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो सफलता हासिल गरेको जनाएको छ।
पर्सा प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले २०७ केजी गाँजा बरामद गरेको पर्सा प्रहरीले जनाएका छन् ।
पर्सा प्रहरीका अनुसार पर्साका बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा रहेको प्रहरी र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरीको टोलीले सवारी चेक-जाँचका क्रममा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप रोकी खानतलासी गरेको र खानतलासीका क्रममा पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाई राखिएको २०७ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले बताउँछन् । पक्राउ परेका गाँजासहित पिकअप मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामा रहेका छन् । बरामद गाँजा र सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरि घटनाबारे थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।









