हरिकिशोर शर्मा / असार १७ जिराभवानी पर्सा
छिपहरमाई गाउँपालिका- ०५ स्थित श्री मंगल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री दिनेश पटेल कुर्मीज्यूका अनुसार, विद्यालयबाट कम्प्युटर, ल्यापटप, माउस र कुर्सी लगायतका महत्त्वपूर्ण सामग्री चोरी भएको घटनाले सिङ्गो क्षेत्रलाई स्तब्ध बनाएको छ।
दुःखको कुरा यो छ कि, विगत दुई वर्षदेखि हाम्रा बालबालिकाहरू कम्प्युटर शिक्षाबाट पूर्ण रूपमा वञ्चित छन्। प्रविधिको यो युगमा जहाँ बालबालिकाको भविष्य उज्ज्वल हुनुपर्ने थियो, त्यहाँ आज सन्नाटा छाएको छ।
आखिर प्रशासन र प्रहरी प्रशासन किन मौन छ?
के चोरहरूको मनोबल यति बढेको छ कि उनीहरूलाई कानुनको कुनै डर छैन?
के विद्यालयको सम्पत्ति र विद्यार्थीको भविष्य प्रशासनको प्राथमिकतामा छैन?
दुई वर्ष बितिसक्दा पनि कुनै ठोस कारबाही किन भएन?
यो केवल एक चोरीको घटना मात्र होइन, यो हाम्रा बालबालिकाको अधिकार र उनीहरूको भविष्यमाथिको खेलबाड हो। हामी सम्बन्धित निकायसँग अविलम्ब निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र विद्यालयको सामग्री फिर्ता ल्याउन जोडदार माग गर्दछौं।
यदि विद्यालयको सम्पत्तिको सुरक्षा गर्न सकिँदैन भने बालबालिकाले कसरी गुणस्तरीय शिक्षा पाउने? हामी सबै मिलेर आवाज उठाऔं।









