रोजगारदाता र युवाबीचको दूरी घटाउन वीरगंजमा ‘रोजगार मेला–२०८३’ आयोजना हुने

 

वीरगंज, असार १२ गते।

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आगामी असार २१ गते वीरगंजमा ‘रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ।

आयोजित पत्रकार सम्मेलनमा यो मेला परम्परागत रोजगार मेलाभन्दा फरक हुने र मधेश प्रदेशको Skill Need Assessment तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाबीचको सीपको खाडल पुर्ने उद्देश्यले आयोजना गर्न लागिएको जानकारी दिइयो।

संघका अध्यक्षले देशको प्रमुख समस्या बेरोजगारी रहेको उल्लेख गर्दै युवालाई रोजगारका अवसरसँग जोड्न मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे। कार्यक्रम संयोजक तथा संघका सहसचिव अनुप अग्रवालले मेलामार्फत रोजगारदाता, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था र रोजगार सेवा केन्द्रलाई एउटै थलोमा ल्याई रोजगारीको अवसर विस्तार गरिने बताए।

मेलामा रिक्त पदको जानकारी, आवेदन, उम्मेदवार छनोट, करियर परामर्श, रोजगार मिलान सेवा तथा आवश्यकताअनुसार तालिमका लागि सिफारिससमेत गरिने जनाइएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको रोजगार सेवा केन्द्रको सहयोग तथा वीरगंज महानगरपालिका, Leadership Development Institute र HR Society Nepal–मधेश च्याप्टरको सहकार्यमा मेला आयोजना हुनेछ। रोजगारदाता संस्था, उपलब्ध रोजगारीका अवसर र दर्ता प्रक्रियाबारे विस्तृत जानकारी निकट भविष्यमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित