हरिकिशोर शर्मा / १० जिराभवानी पर्सा ।
पर्साको बहुदर माइ नगरपालिकाको १५औँ गाउँसभा अन्तर्गत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ।
बुधबार सम्पन्न गाउँसभामा नगरपालिका उपाध्यक्ष सुष्माकुमारी कुशवहवा निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ७० लाख ७५ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण (बजेट) प्रस्तुत गरेका हुन्।
गाउँपालिका अध्यक्ष सिघासन साह तेलि आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, युवा रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको जानकारी दिए। उनले स्थानीय आवश्यकतालाई केन्द्रमा राख्दै समग्र विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको बताए।
अध्यक्ष साहको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष सुस्मा कुमारी कुसवाहा , प्रमुख प्रशासकीय रमेश अधिकारी पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, वडा अध्यक्षहरू जितेन्द्र पटेल १ देखी , ९ वडाको अध्यक्ष ज्युहरु साह तथा कार्यपालिका सदस्यहरु बियय यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी स्थानीय राजनीतिकर्मी, बुद्धिजीवी, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी तथा नगरपालिका कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन जेन्सी शाखा प्रमुख रामबाबू पटेल गरेका थिए।









