जनकपुरधाम। १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को पूर्वसन्ध्यामा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले जनकपुरधाम उपमहानगरपालिका तथा जानकी मन्दिरको सहकार्यमा जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जानकी मन्दिर परिसरमा पाँचौँ योग कार्यक्रम आयोजना गरेको छ।
‘स्वस्थ आयुका लागि योग’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ६ सयभन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, योग साधक तथा सरकारी अधिकारीहरू सहभागी भएका थिए।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। त्यसैगरी मधेश प्रदेश सभाका सभामुख राम आशिष यादव तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
मुख्यमन्त्री यादवले जानकी मन्दिरजस्तो पवित्र स्थलमा योग कार्यक्रम आयोजना गरेकोमा भारतको महावाणिज्य दूतावासको प्रशंसा गर्दै योगले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नागरिकहरूलाई योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आग्रह गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत देवी सहाय मीना ले नियमित योगाभ्यासले दीर्घकालीन स्वास्थ्य, मानसिक एकाग्रता तथा आन्तरिक शान्ति प्राप्त गर्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय योग दिवसको यस वर्षको नाराअनुरूप स्वस्थ जीवन र सामूहिक कल्याणका लागि योगलाई जीवनशैलीका रूपमा अपनाउन सबैलाई आह्वान गर्नुभयो।
कार्यक्रमको अन्त्य प्रशिक्षित प्रशिक्षकहरूको नेतृत्वमा सामूहिक योग अभ्यास गरी गरिएको थियो। सो अवसरमा ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने सन्देशलाई पुनः जोड दिइएको थियो।
भारतको महावाणिज्य दूतावास, वीरगञ्जले अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा आफ्नो कन्सुलर क्षेत्रभित्र विभिन्न स्थानमा योगसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ। जनकपुरधाममा सम्पन्न यो कार्यक्रम सोही शृङ्खलाको पाँचौँ कार्यक्रम रहेको दूतावासले जनाएको छ।
जनकपुरधाम, १९ जुन । १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को पूर्वसन्ध्यामा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले जनकपुरधाम उपमहानगरपालिका तथा जानकी मन्दिरको सहकार्यमा जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जानकी मन्दिर परिसरमा पाँचौँ योग कार्यक्रम आयोजना गरेको छ।