हरिकिशोर शर्मा /जेठ २४ जिराभवानी पर्सा ।
” प्रकृतिको संरक्षण गरौ,भविष्य सुरक्षित बनाऔ ” मुल नारा सहित प्रकृति सेवा प्रतिष्ठान नेपालले वातावरण दिवस २०८३ को अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत ७ औ दिन आइतबार वीरगन्जको गिता मन्दिर प्राङ्गणमा वृक्षारोपण कार्यक्रम आयोजन सुसम्पन्न गरेको छ ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा समाजसेवी भगवान श्रेष्ठ ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , युवा अभियन्ता हरेन्द्र पटेल बाबा,प्रतिष्ठानका सदस्य रुपनारायण सिंह ,केदार गुप्ता , रिम खबर नेपालका संचालक आकाश पटेल लगायतको सहभागितामा १० थान रुखबिरुवा रोपिएको प्रतिष्ठानका सहसचिव अबिनाश झाले बताए ।
सो अवसरमा समाजसेवी रायमाझिले बातावरणले हामीलाइ स्वस्थ रहन हावा ,पानी ,अन्न फलफुल , बनस्पति , जडिबुटी लगायतका जिवनदायिनी सामाग्रीहरु निःशुल्क उपलब्ध गराएर अमुल्य अतुल्य उपकार गरेकोमा यसको सम्मान सेवा, संरक्षण एवं सम्बर्द्धन गर्नु हाम्रो दायित्व रहेको सम्पुर्णमा आग्रह गरे ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो सफा र स्वस्थ वीरगन्ज,प्लास्टिक झोला, प्रदूषण मुक्त वीरगन्ज ,” धरती लाई बचाऔं वातावरण लाई जोगाऔं ” को मुलमन्त्रलाइ आत्मसात गरि प्रतिष्ठानले प्रत्येक वर्ष झै यस वर्ष पनि विश्व वातावरण दिवसको अवसरमा गत जेष्ठ १८ गते देखि २० गते सम्म ३ दिन सरसफाइ र चौथो दिन २० गते बुधबार साइकल रैली आयोजना गरि जनचेतना फैलाउने कार्यक्रम गरिएको थियो भने २२ गते मुख्य दिन भिस्वा डाडामा विभिन्न प्रजातिका रुख बिरुवा रोपेका थियौ, त्यसैगरी २३ गते शनिबार साझ बिरगंज ४ गणेशमान सालिक परिसरमा सरसफाइ एवं वृक्षारोपण गरिएको र आज साझ गिता मन्दिर प्राङ्गणमा पिपल,बेगनबेली, जकरन्डा, इन्द्र कमल,चाइनाक्रस, पारिजात लगायत १० वटा विभिन्न प्रजातिका रुख बिरुवा रोपन गरि वातावरणलाई सम्मान गर्ने प्रण लिएका छौ । वातावरण दिवसको अवसरमा सप्ताहव्यापि कार्यक्रमहरु मात्र नभै विभिन्न समय बिभिन्न स्थानहरुमा बिभिन्न कार्यक्रमको आयोजना गरि वर्ष भरिनै वृक्षारोपण र त्यसको संरक्षण सम्बर्द्धन को साथै विभिन्न सचेतना कार्यक्रमहरुको आयोजना गरि जनजागृती फैलाएर वातावरणको सेवा सम्मान एवं संरक्षण गर्ने गरेको बताउदै सिंहले सहभागीहरु प्रति आभार ब्यक्त गरेका थिए ।








